फिलिपिन्सको एक चर्चमा बम विस्फोट हुँदा २७ को मृत्यु

फिलिपिन्सको एक चर्चमा बम विस्फोट हुँदा २७ को मृत्यु

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । फिलिपिन्सको एक चर्चमा विस्फोटन हुँदा २७ जनाको मृत्यु भएको छ । दक्षिणी क्षेत्रमा अवस्थित एक चर्चमा भएको विस्फोटनमा परी २७ जनाको मृत्यु भएको हो ।

दक्षिणी क्षेत्रमा पर्ने सुलु प्रान्तको चर्चमा एकैसाथ दुई ओटा विस्फोटन भएको फिलिपिन्सको राष्ट्रिय प्रहरीका प्रमुख प्रमुख ओस्कार अल्बायाल्डेकाले जनाएका छन् । मृत्यु भएकामध्ये अधिकांश फिलिसिन्सका सैनिक रहेका छन् ।

विस्फोटनमा परी ७७ जना घाइते भएका छन् । उक्त चर्चमा एउटा बम बाहिर र अर्को चर्चभित्र गरी एक मिनेटको फरकमा ती दुई ओटा बम विस्फोटन भएको अल्बायाल्डेले बताए ।

Logo