९८ क्रिश्चियनले ईसाई धर्म छोडेर बने हिन्दु, गरियो सामूहिक पूजापाठ

९८ क्रिश्चियनले ईसाई धर्म छोडेर बने हिन्दु, गरियो सामूहिक पूजापाठ

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । भारतमा पनि धर्म परिवर्तन गराउने गिरोह सक्रिय छ । गरिबी अशिक्षा तथा भोकमारीग्रसित क्षेत्रमा आर्थिक प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने गिरोह सक्रिय देखिन्छ । जुन नेपालमा पनि विद्यमान छ ।

हालै हिन्दुबादी संस्थाहरुको सक्रियतामा क्रिश्चियनहरु हिन्दु बनेका छन् । भारतको पूर्वोत्तर राज्य त्रिपुराको उनाकोटी जिल्लाको राची पाण्डा गाउँका २२ आदिवासी परिवारका ९८ जना ईसाई धर्म छोडेर हिन्दु बनेका हुन् ।

राजधानी अगरतलाभन्दा करिब १ सय ७० किलोमिटर टाढा रहेको तीन पहाड आउँछन् । त्यहाँबाट करिब ८ किलोमिटरको दूरी पार गरेपछि राची पाण्डा गाउँ आउँछ । त्यहाँ आदिवासीको बसोबास रहेको छ । उराव तथा मुण्डा जनजातीका मानिसहरु हिन्दु बनेका हुन् ।

ईसाई छोडेर हिन्दु बनेकी मंगरी मुण्डाले हिन्दु बन्दा निकै राम्रो लागेको प्रतिक्रिया दिएकी छन् । हिन्दु धर्म अपनाएका विवाहित कुनै पनि महिलाले नत सिन्दुर लगाएका थिए नत गालामा पोते थियो । उनीहरु कोहीको पनि नाम परिवर्तन गरिएन् । यसअघि इसाई हुँदा राखिएको नामनै यथावत छ ।

यो क्षेत्रमा सक्रिय हिन्दु जागर मञ्चले गाउँमा एक खुला क्षेत्रमा धर्म परिवर्तन कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा पुरोहित बोलाएर यज्ञको माध्यमबाट उनीहरुलाई शुद्धिकरण गरियो र हिन्दु बनाईयो । राष्ट्रिय स्वयंसेवक संघले उक्त कार्यलाई घर फर्किए नाम दिएको छ ।

ईसाईबाट हिन्दु बन्ने सोच कसरी आयो भन्ने प्रश्नमा स्थानीयले अनौठो जवाफ दिएका छन् । उनीहरुले क्रिसमसका दिन गाउँमा केही आदिवासी पुरुषहरुले एक पवित्र गोरुको हत्या गरेका थिए । उक्त घटनापछि उनीहरु त्यसको विरुद्धमा उत्रिए ।

हिन्दु धर्म मान्नेहरुले उक्त गोरुलाई भगवान महादेवको नाममा छोडेका थिए । उक्त गोरु त्यही क्षेत्रमा रहन्थ्यो । गोरुको हत्या गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको थियो । बीबीसी हिन्दीको सहयोगमा

Logo