नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु

नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु

केन्द्रबिन्दु
39
Shares

अबुजा । मध्य नाइजेरियाको बेनु नदीमा शनिबार काठको डुङ्गा पल्टिँदा कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले आइतवार जानकारी दिएका छन् ।

स्थानीय अधिकारी मेल्भिन जेम्सले बेनु राज्यमा व्यापारीहरू साप्ताहिक बजारबाट फर्किंदै गर्दा डुङ्गा दुर्घटना भएको बताए । उनले थपे, “त्यहाँ केही मानिसहरू अझै बेपत्ता छन्, । स्थानीय गोताखोरले खोजी तथा उद्धार कार्य जारी राखेको छ ।”

मारिनेमा अधिकांश महिला र बालबालिका रहेको प्रत्यक्षदर्शीले बताए ।

नाइजेरियामा डुङ्गा दुर्घटनाहरू प्रायः ओभरलोडिङ, खराब मौसमका कारणले गर्दा हुन्छ । -सिन्ह्वा

Logo