इजरायली आक्रमणले गाजाका ९३ प्रतिशत बैङ्क शाखाहरू ध्वस्त, खाद्यान्न र औषधोपचारमै समस्या

इजरायली आक्रमणले गाजाका ९३ प्रतिशत बैङ्क शाखाहरू ध्वस्त, खाद्यान्न र औषधोपचारमै समस्या

केन्द्रबिन्दु
24
Shares

जेरुसेलम । गाजा पट्टीमा इजरायली युद्धले १५ महिनाको निरन्तर द्वन्द्वपछि यस क्षेत्रमा सञ्चालित बैंकहरूको करिब ९३ प्रतिशत शाखाहरू नष्ट गरेको विश्व बैङ्कले जनाएको छ ।

जेरुसेलममा वितरण गरिएको एक प्रतिवेदनमा विश्व बैङ्कले युद्धले ८८ प्रतिशत लघुवित्त संस्था, अधिकांश मुद्रा विनिमय सेवा र ८ प्रतिशत बीमा कम्पनीलाई पनि नष्ट गरेको बताएको छ ।

विश्व बैङ्क र प्यालेस्टाइन मौद्रिक प्राधिकरणको लगातार तथ्याङ्कअनुसार गाजा स्ट्रिपमा ९४ वटा एटीएममध्ये तीन मात्र हाल सञ्चालनमा रहेका प्रतिवेदनमा भनिएको छ ।

गाजाका प्यालेस्टिनीहरूले खाद्यान्न र औषधिलगायतका आधारभूत वस्तुहरू र सेवाहरू तिर्न सङ्घर्ष गरिरहेका छन् । बैकिङ प्रणालीमा अवरोधहरूले निजी क्षेत्रको उत्पादन पुनः सुरु गर्ने र रोजगारीका अवसरहरू सिर्जना गर्ने क्षमतामा बाधा पुगाइरहेको छ ।

Logo