श्रीलङ्कामा ५० जङ्गली हात्ती मरे

श्रीलङ्कामा ५० जङ्गली हात्ती मरे

केन्द्रबिन्दु
69
Shares

कोलम्बो । श्रीलङ्कामा यो वर्ष अहिलेसम्म करिब ५० जङ्गली हात्तीको अनाधिकृत विद्युतीय तारले करेन्ट लागेर मृत फेला परेकाे सिलोन विद्युत बोर्ड (सीईबी) सोमबार जनाएको छ ।

सीईबीले देशको जैविक विविधताको प्रतीक जङ्गली हात्ती मानव गतिविधिका कारण लोप हुने खतरा बढ्दै गएको बताएको छ ।

सीईबीले पहिले नै यस अवैध कार्यको सम्बन्धमा धेरै उपयुक्त कदमहरू चालेको छ । जङ्गली हात्तीहरूको संरक्षणको लागि जनताको सहयोगको अपेक्षा सीईबीले गरेको छ ।

सन् २०२३ मा श्रीलङ्कामा ९० जङ्गली हात्ती मरेको तथ्याङ्कले देखाउँछ । -सिन्ह्वा

Logo