काठमाडौं । विश्व हिन्दू परिषदका पूर्व अध्यक्ष विष्णु हरि डालमियाको निधन भएको छ । रामजन्म भूमि आन्दोलनका अगुवा नेता मध्येका एक डालमियाको बुधबार बिहान निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
९१ वर्षीय डालमिया लामो समयदेखि बिरामी थिए । डालमियाको पार्थिव शरीर दिउँसो ३ बजेसम्म उनको दिल्ली स्थित निवासमा राखिनेछ र त्यसपछि दिल्लीकै निगमबोध घाटमा उनको अन्मित संस्कार गरिने विश्व हिन्दू परिषदका प्रवक्ता विनोद बँसलले जानकारी दिए ।





























प्रतिक्रिया