हजारौँको अगाडी धारिलो हतियार प्रहार गरी मेयरको हत्या

हजारौँको अगाडी धारिलो हतियार प्रहार गरी मेयरको हत्या

केन्द्रबिन्दु
0
Shares

वार्सवा

पोल्याण्डको बन्दरगाह सहर गडाङ्कका सोमबार मेयरको हत्या भएको छ ।

परोपकारी एउटा कार्यक्रममा सहभागी भएका बेला हजारौँ मानिसहरुको अगाडी धारिलो हतियार प्रहार गरी उहाँको हत्या भएको स्थानीय सञ्चार माध्यमहरले जनाएका छन् ।

“उहाँलाई बचाउने हाम्रो सबै प्रयास असफल भयो,” गड्ङ्क विश्वविद्यालय अस्पतालका निर्देशक डा टोमाज स्टेफनिकले भन्नुभयो ।

मेयर पावेल अडमोविजको हत्यापछि देशभरी हिंसाका विरुद्धमा प्रदर्शन गरिएको छ ।
रासस/एएफपी

Logo