दक्षिण कोरियाका अनुसन्धानकर्ताद्वारा युनलाई पक्राउ गर्न प्रहरीसँग आग्रह

दक्षिण कोरियाका अनुसन्धानकर्ताद्वारा युनलाई पक्राउ गर्न प्रहरीसँग आग्रह

केन्द्रबिन्दु
33
Shares

सियोल । दक्षिण कोरियाली भ्रष्टाचार विरोधी अनुसन्धानकर्ताहरूले महाभियोग लागेका राष्ट्रपति युन सुक योललाई पक्राउ गर्न सोमबार प्रहरीसँग आग्रह गरेका छन् ।

पूर्व अभियोजकसमेत रहेका राष्ट्रपतिबबाट निलम्बित युनले सुनुवाईका लागि उपस्थित हुन अस्वीकार गरेका छन् । गत हप्ता प्रहरीले पक्राउ गर्ने प्रयास गरे पनि उनी आफ्नै निवासमा लुकेको र सेनाले मानव पर्खाल खडा गरेर प्रहरीलाई उनीसम्म पुग्न अवरोध गरेको थियो । सेनाको कारण उनीलाई पक्राउ गर्ने प्रहरीको प्रयास असफल भएको थियो ।

अनुसन्धानकर्ताहरूले वारेन्टको सोमबारको समयसीमा बढाउने प्रयास गरिरहेका छन् र मद्दत मागिरहेका छन् ।

भ्रष्टाचार अनुसन्धान कार्यालयका अनुसन्धानकर्ताहरूले आफूहरूले भोग्नुपरेको कठिनाइका कारण प्रहरीलाई जिम्मा लिन आग्रह गरेको बताएका छन्। युनको कानुनी टोलीले उनलाई पक्राउ गर्ने सीआईओको अधिकार नभएको भनी विरोध जनाएका छन् ।

‘वारेन्टको म्याद आज सकिँदै छ। सीआईओका उपनिर्देशक ली जे–सेउङले पत्रकारसँगको ब्रिफिङमा भने, “हामी आज अदालतबाट म्याद थपका लागि अनुरोध गर्ने योजनामा छौँ ।” उनले वारेन्टको म्याद थप गर्ने भन्ने विषयमा प्रहरीसँग परामर्श गर्ने बताए । प्रहरीले उक्त अनुरोध स्वीकार गरेको छैन ।

गत हप्ता सयौं सुरक्षा बलसँग घन्टौं लामो तनावपूर्ण गतिरोधपछि अनुसन्धानकर्ताहरूले सुरक्षाको कारण देखाउँदै फिर्ता भएका थिए। केही समयका लागि नागरिक शासन निलम्बन गरेको र दक्षिण कोरियालाई दशकौँ यताकै सबैभन्दा खराब राजनीतिक सङ्कटमा फसाएको अभियोगमा दोषी ठहरिएमा युनलाई जेल वा मृत्युदण्डको सजाय हुनेछ।

‘प्रेसिडेन्सियल सेक्युरिटी सर्भिस’ले मध्यरातसम्म राष्ट्रपतिको सुरक्षा गर्नेछ । सोमबार मध्यरातपछि युनविरुद्धको पक्राउ आदेश निष्क्रिय हुनेछ र अर्को आदेश भएमा फेरी हामी आफ्नो जिम्मेवारीका लागि तैनाथ हुनेछौँ,” प्रेसिडेन्सियल सेक्युरिटी सर्भिसलाई सहयोग पुगाउँदै आएका युनको समर्थनमा प्रदर्शनका आयोजकमध्येका एक किम सो योङले भने ।

“उनीहरूले अर्को वारेन्ट जारी गरे भने हामी फेरि आउनेछौं,” उनले दोहोर्‍याए । बिहानीपखको कुहिरोमा युनको पिपुल पावर पार्टीका दर्जनौँ सांसद राष्ट्रपति निवासअगाडि उभिएका थिए ।

अघिल्लो दिनदेखि युनको पक्ष र विपक्षमा दर्जनौँले रातभर पहरा दिएपछि पक्राउका लागि गएको प्रहरीको अभियान विफल भएको थियो ।

“म अहिले सीआईओभन्दा लामो समयदेखि यहाँ छु । तिनीहरूले किन त्यसो गर्न सक्दैनन् भन्ने कुराको कुनै अर्थ छैन। उनीहरूले उनलाई तत्काल पक्राउ गर्न आवश्यक छ,” युनविरोधी प्रदर्शनका आयोजक ३० वर्षीय किम अह–योङले भने ।

Logo