काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका भारतीय समकक्षी सुष्मा स्वराजबीच भेटवार्ता भएको छ । बिहीबार नयाँ दिल्लीमा भएको भेटवार्तामा उनीहरुबीच नेपाल भारतको सम्बन्धको विभिन्न विषयमा छलफल भएको थियो । साथै द्वीपक्षीय सहयोगमा सञ्चालित परियोजनाको प्रगतिको समीक्षा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनीहरुले हालै भएका उच्च स्तरीय भ्रमणको स्मरण गर्दै ती भ्रमणले वर्षौदेखिको समानता, आपसी समझदारी, एक अर्काको सम्मान र द्वीपक्षीय हितका आधारमा सञ्चालित सम्बन्ध सुदृढ बनाउन योगदान पुगेको बताएका थिए ।
परराष्ट्रमन्त्री ज्ञवालीको सम्मानमा भारतीय विदेशमन्त्री स्वराजले दिवाभोज दिएकी छन् । परराष्ट्रमन्त्री ज्ञवाली चौथो राइसिना डायलगमा भाग लिन बिहीबार विहान भारतको नयाँ दिल्ली पुगेका हुन् । प्रमुख वक्ताका रुपमा निम्त्याइएका मन्त्री ज्ञवालीले आजै सम्मेलनमा भाग लिनेछन् ।





























प्रतिक्रिया