विश्वकै सर्वाधिक धनी व्यक्तिको सूचीमा रहेका अमेजन कम्पनीका प्रमुख कार्यकारी अधिकृत जेफ बेजोज र उनकी पत्नी म्याककेन्जी बीच डिभोर्स भएको छ । उनीहरुले बुधबार २५ बर्षीय सम्बन्ध बिच्छेद गरेका हुन्। उनीहरुले बुधबार ट्विटरमा वक्तव्य नै दिएर डिभोर्सको घोषणा गरेका हुन् ।
उनीहरुले सन् १९९३ मा विवाह गरेका थिए । जेफको सम्पति १३७ बिलियन डलर छ । कतिपयले उनको सम्पत्ती १६० बिलियन डलर रहेको वताउछन्। उनी वाशिङटन पोष्ट पत्रिकाका पनि मालिक हुन् ।
उनीहरुबीचको डिभोर्स सेटलमेन्ट गर्ने काम आर्थ डिलरका एलेक विल्डेस्टेन र न्यूयोर्कका जोसेलिन विल्डेस्टेनले गरेका हुन् । हेड्ज फन्डको अनुसन्धानको कामका लागि अन्तर्वार्ता लिने क्रममा पहिलो पटक न्यूयोर्कमा उनीहरुको भेट भएको थियो ।
उनीहरु चार जना छोराछोरीका आमाबाबु पनि भइसकेका थिए । तीन वटा छोरा थिए र एक छोरी थिइन् । जेफ ५४ वर्षीय छन् भने उनकी पत्नी म्याककेन्जी ४८ वर्षीया हुन् ।





























प्रतिक्रिया