भूकम्प प्रभावित बालवालिका भन्छन् – हाम्रो घर छिट्टै पुनर्निर्माण होस्

भूकम्प प्रभावित बालवालिका भन्छन् – हाम्रो घर छिट्टै पुनर्निर्माण होस्

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको भूकम्प प्रभावित डिङ्ग्री काउन्टीका बालबालिकाहरू मनोवैज्ञानिक असर कम गराउन अस्थायी मनोरञ्जन केन्द्रमा समय बिताइरहेका छन् । उनीहरूले उद्धारकर्मीहरूप्रति कृतज्ञता व्यक्त गर्दै आफ्ना चित्र र शब्दहरूमार्फत राम्रो भविष्यको आशा समेत व्यक्त गरेका छन् ।

विपद्पछिको पुनःनिर्माण र पुनर्निर्माणको काम भइरहेकाले उद्धारकर्ताहरूले स्थानीय बालबालिकालाई मनोवैज्ञानिक रुपमा स्वस्थ्य बनाउन विभिन्न प्रयासहरू जारी राखेका छन् ।

उद्धारकर्ताहरूले बालबालिकाका लागि फुटबल खेल्ने मैदान एवं फराकिला कोठासहितको पुनर्वास स्थलका रूपमा विकास गरिरहेका छन् । उक्त स्थानमा बालबालिकाहरूले मनोरन्जन लिइरहेका छन् । चित्र हेर्न, कोर्न र विभिन्न खेलहरूमा रमाएर उनीहरूले समय कटाइरहेका छन् ।

बालबालिकाहरूले भविष्यका योजनाहरू पनि सुनाउने गरेका छन् । ‘मेरो चाहना छ विपद् छिट्टै अन्त्य होस् र हाम्रो घर छिट्टै पुनर्निर्माण होस्, ताकि हामी बस्नको लागि आनन्दित ठाउँ पाउन सकौँ,’ एक बच्चाले भने ।

‘म जनताको सेवा गर्न सिपाही बन्न चाहन्छु,’अर्का बच्चाले भने । ‘म डाक्टर बन्न चाहन्छु किनभने डाक्टरहरूले धेरै मानिसहरूलाई निको हुन मद्दत गर्न सक्छन्,’ तेस्रो बच्चाले भने । ‘म आफूलाई बलियो बनाउन चाहन्छु ताकि यदि फेरि विपद् आयो भने, म धेरै मानिसहरूलाई मद्दत गर्न सक्छु र धेरै मानिसहरू र खाँचोमा परेका ठाउँहरूलाई आर्थिक सहयोग गर्न सक्छु,’अर्को बच्चाले थपे।

Logo