उत्तर कोरीयाली नेता किम किन चढछन् रेल ?

उत्तर कोरीयाली नेता किम किन चढछन् रेल ?

केन्द्रबिन्दु
0
Shares

उत्तर कोरीयाली नेता किम जोङ उन मंगलबार सबेरै चीन पुगेका छन् । चिनिया राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा उनी चीन पुगेका हुन् ।

उनको साथमा श्रीमती रि सोल जु पनि चीन पुगेका छन्।  चिनियाँ सञ्चारमाध्यमले जनाए अनुसार उनी बिहिबारसम्म चीनमै रहने कार्यक्रम छ।  एक वर्षभन्दा कम समयमा किम चौथो पटक चीन पुगेका हुन् ।

नेता किम पर्सिसम्म चीनमा रहने लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेता किमबीच दोस्रो शिखर सम्मेलनका लागि छलफल भइरहेको खबर सार्वजनिक भइरहेका बेला नेता कीम चीन पुगेका हुन् । नेता किम र राष्ट्रपति ट्रम्पबिच गएको जुन महिनामा सिंगापुरमा शिखर सम्मेलन भएको थियो ।

यसअघि सोमबार चीन र उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले किमले उत्तर कोरियाको भ्रमण गर्न लागेको बताएका थिए। संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले उत्तर कोरियामाथि लगाएको प्रतिबन्ध हटाउने विषयमा राष्ट्रपति सीसँग वार्ता गर्न किम बेइजिङ पुगेको बताइएको छ।

यसअघि नयाँ वर्षको २०१९ को शुभकामना सन्देशमा नेता किमले उत्तर कोरियामाथि लगाइएको प्रतिबन्ध  नहटाए आफूले अर्को बाटो लिने चेतावनी दिएका थिए।

किन चढछन् रेल ?

संसारभरका नेताहरु प्लेनमा यात्रा गर्न मन पराउछन्।  तर किम भने रेलको प्रयोग गर्छन्। किम मात्रै होइन उनी अघिह्का नेताहरु पनि रेललाई नै मुख्य साधनको रुपमा प्रायोग गर्थे।  किमका हजुरबुबा पनि रेल नै प्रयोग गर्ने गर्थे।

सन् १९५० को दशकमा दुई कोरिया छुट्टिएपछि उनका हजुरबुबा किम इल सङ शासक बनेका थिए। उनै सङले रेलबाट विदेश जाने चलन ल्याएका हुन्। सन् १९८४मा सङ रेलमै पूर्वी युरोप गएका थिए।

त्यसलाई उनका छोरा किम जोङ इलले पनि निरन्तरता दिएका थिए । इलको सन् २०११ मा रेल यात्राकै क्रममा हृदयघात भएर निधन भएको बताइन्छ। रेलबाट इलले झन्डै दर्जन विदेश भ्रमण गरेका थिए तीमध्ये धेरै पटक उनी चीन आएका थिए। रेलमा संसारका सबैभन्दा महंगा वाइन राखिएको हुन्छ। यहीभित्र बार्बिक्यू पनि गर्न मिल्छ।

गत मार्चमा बेइजिङ आएको किमका रेलमा २१ डब्बा थिए। ती सबै हरिया रङका थिए। सबैका झ्यालमा कालो शिशा थियो । सन् २००९ मा  किमको सुरक्षामा ९० डब्बा हुन्थे ।

किमका बुबा यात्रामा निस्कँदा एकैपटक तीन रेल दौडन्थे। त्यसमध्ये पहिलोमा सुरक्षा दस्ता हुन्थ्यो। जसले अघिल्लो स्टेशनको सुरक्षा चेक जाँच गर्थ्यो। दोस्रो रेलमा इल हुन्थे। तेस्रोमा थप सुरक्षाकर्मी र अन्य सामग्री हुन्थे।

रेलका हरेक डब्बा बुलेट प्रुफ हुन्छन्। सामान्य रेलको तुलना धेरै तौल हुने भएकाले यसको गति कम हुन्छ। किमका बुबा इललाई  मनोरञ्जन दिने महिलाहरू पनि रेलमै हुन्थे। तिनीहरूलाई लेडी कन्डक्टर भन्ने गारिन्छ ।

Logo