युद्धका लागि तयार रहन चिनियाँ सेनालाई राष्ट्रपति सीको निर्देशन

युद्धका लागि तयार रहन चिनियाँ सेनालाई राष्ट्रपति सीको निर्देशन

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङले पिपुल्स लिबरेसन आर्मी (पीएलए) लाई निर्देशन दिएका छन् । देश संकटबाट गुज्रिएको भन्दै त्यसको सामना गर्न युद्धका निम्ति तयार हुन चिनियाँ आर्मीलाई निर्देशन दिएका हुन् ।

राजधानी बेजिङमा भएको केन्द्रीय सैन्य आयोगको बैठकलाई सम्बोधन गर्दै सीले देश खतरातर्फ बढिरहेकाले अप्रत्याशित परिस्थित र युद्धका निम्ति तयार रहन सेनालाई निर्देशन दिएका हुन्।

‘विश्वमा अहिले यस्तो परिवर्तन भइरहेको छ, जुन बितेको एक दशकमा कहिल्यै भएको थिएन’, सीले भने, ‘त्यसैले हामी सचेत रहनुपर्छ, रणनीति विकास गर्नुपर्छ।’

राष्ट्रपति सी चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्ष हुन् । पीएलएका उच्च अधिकारीलाई मात्र सहभागी गराइएको बैठकमा सीले दिएको प्रतिरक्षा रणनीति सम्बन्धी मन्तव्यपछि केन्द्रीय टेलिभिजनले प्रशारण गरेको थियो।

‘सेनाका सबै युनिटले प्रमुख राष्ट्रिय सुरक्षा र नयाँ परिस्थिति विकासको ट्रेण्ड राम्रोसँग बुझ्नै पर्छ’, सीले भने, ‘अप्रत्याशित कठिनाई, संकट र युद्धका निम्ति पनि तयार रहनु पर्छ।’

सन् २०१३ पहिलो पटक राष्ट्रपति भएदेखि नै सीले सेनालाई जस्तासुकै परिस्थितिका लागि तयार रहन निर्देशन दिँदै आएका छन्। तर २०१९ मा राष्ट्रपति सीले बढी गम्भिर रुपमा युद्धकै तयारी गर्न निर्देशन दिएका हुन्।

Logo