टर्कीएको होटलमा आगलागी हुँदा ज्यान गुमाउने ७६ पुगे

टर्कीएको होटलमा आगलागी हुँदा ज्यान गुमाउने ७६ पुगे

केन्द्रबिन्दु
24
Shares

इस्तानबुल,टर्कीेए । उत्तरपश्चिम टर्कीएको एउटा होटलमा भीषण आगलागी हुँदा कम्तिमा ७६ जनाको मृत्यु हुनुको साथै अन्य ५१ जना घाइते भएका छन् ।

टर्कीएका गृहमन्त्री अली येर्लिकायाले मारिनेमा धेरै बालबालिका रहेको बताए । अधिकारीहरूले अहिलेसम्म ५२ जनाको मृत्यु भएको पहिचान गरेका छन् । सीएनएनका अनुसार पीडितहरूमध्ये १० देखि ११ वर्षका धेरै बालबालिकाहरू थिए ।

घटनापछि गृहमन्त्रीले पत्रकारहरूलाई भने,“हामी गहिरो पीडामा छौं । दुर्भाग्यवश यस होटलमा भएको आगलागीमा हामीले ६६ जनाको ज्यान गुमाएका छौं ।”

टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बुधबार शोकको दिन घोषणा गरेका हुन् । “यो एकताको दिन हो,” उनले सामाजिक सञ्जाल एक्समा उल्लेख गरे । उनले दोषी जो कोही भए कारबाही हुने समेत बताए ।

टर्कीए सरकारले होटलमा भएको घातक आगलागीको अनुसन्धान सुरु गरेको छ । न्याय मन्त्री यिलमाज टुन्च र आन्तरिक मन्त्री अली येर्लिकायाका अनुसार कम्तिमा नौ जनालाई पक्राउ गरिएको बताए । आगलागी हुँदा करिब २३४ जना पाहुना होटलमा बसिरहेका थिए । -एएनआई

Logo