नरेन्द्र मोदीको त्रास, जनसभामा कालो लुगा लगाउन प्रतिबन्ध

नरेन्द्र मोदीको त्रास, जनसभामा कालो लुगा लगाउन प्रतिबन्ध

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । भारतको झारखण्डमा हुने प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बोधन कार्यक्रममा कालो बस्तुमाथि प्रतिबन्ध लगाईएको छ ।

झारखण्डस्थिति पालामुमा पुस २१ गते हुने जनसभामा मोदीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मोदीको र्याली र जनसभामा स्थानीय प्रशासनले कालो लुगा लगाउन कालो बस्तु बोक्न प्रतिबन्ध लगाएको हो ।

पालामुका एसपी इन्द्रजीत महताले लतेहर, पालामु, गरहवा र चतरा जिल्लाका डेपुटी कमिश्नरहरुलाई भारतीय प्रम मोदीको र्याली तथा जनसभामा सहभागी हुने कसैलाई पनि कालो लुगा लगाउन तथा कालो वस्तु बोक्न प्रतिबन्धित लगाइएको बताए ।

उक्त दिन सभामा सहभागी हुनेहरु सरकारी कर्मचारी र आम सर्वसाधारणले कडा सुरक्षा जाँच पार गर्नुपर्नेछ । स्थानीय पारा टिचरहरुले सो दिन गर्न सक्ने सम्भावित विरोधलाई मध्यनजर गर्दै यस्तो कडा व्यवस्था गरिएको हो ।

Logo