एजेन्सी । थाइल्याण्डमा एक व्यक्तिले गोली प्रहार गरेर एकै परिवारका ६ जनाको हत्या गरेका छन् । नयाँ वर्षको अवसरमा भइरहेको रमाइलो कार्यक्रममा चुम्फोङ प्रान्तका सुचीप सोर्नसुङले गोली प्रहार गरेर दुई बालबालिका सहित एकै परिवारका ६ जनाको हत्या गरेका हुन् ।
ससुराले आफूलाई अपमान गरेको महसुस गर्दै अत्यधिक मदिरा पिएर आएका उनले मध्यरातमा अन्धाधुन्ध गोली चलाएका थिए । उनले झण्डै दश मिनेट जति निरन्तर रुपमा गोली वर्षाएका थिए।
श्रीमतीको माइतीले उनलाई स्वागत नगरेको रिसमा उनले आफ्नै परिवारमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । मारिनेमा दुई महिला र दुई पुरुष रहेका छन् ।
थाइल्याण्डमा पछिल्लो समयमा गोली प्रहार गरी हत्या गर्ने गरेका घटनामा बृद्धि भईरहेको छ । प्रहरीलाई यस्ता घटना नियन्त्रण गर्न टाउँको दुखाई बनेको छ ।





























प्रतिक्रिया