विश्वले नयाँ वर्ष २०१९ लाई कसरी स्वागत गर्‍यो ? १० तस्बिरमा

विश्वले नयाँ वर्ष २०१९ लाई कसरी स्वागत गर्‍यो ? १० तस्बिरमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आजदेपखि अंग्रेजी वर्ष सन् २०१९ सुरु भएको छ । वर्ष २०१८ लाई बिदा गरेर नयाँ वर्षको स्वागत विश्वभर नयाँ उर्जा र उत्साहका साथ गरिएको छ । यो क्रम अझै जारी छ । विश्वभर विभिन्न शहरमा आतिसबाजीसहित नयाँ वर्षको स्वागत गरिएको छ ।

टोकियोमा मानिसहरु नयाँ वर्षको लागि सामानहरु खरिद गर्दै ।

अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, फ्रान्स, स्पेन, पोर्चुगल, स्वीट्जरल्याण्ड, पोर्चुगलसहित विश्वभरका देशका शहरहरुमा नयाँ वर्षलाई भव्य स्वागत गरिएको छ ।

ब्राजिलको रियो डी जनेरियो, क्युबाबाना बीचको किनारमा नयाँ वर्षको इभ ।

नेपालमा पनि अंग्रेजी नयाँ वर्षको भव्य स्वागत गरिएको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतले पनि नयाँ वर्षको शुभकामना दिएका छन् । काठमाडौं, पोखरा, चितवन लगायत देशका प्रमुख सहरहरुमा नयाँ वर्षको उपलक्ष्यमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

इजरायली र विदेशीहरूले जेरुसेलममा नयाँ वर्ष मनाउँदैं ।
नयाँ वर्षको स्वागतमा एक जोडी किस गर्दै ।
मानिसहरू मलेसियाको गेन्टिङ हाईल्याण्ड्समा नयाँ वर्ष मनाउँदैं ।
न्यूयर्कको टाइम्स स्क्वायरमा मानिसहरू नयाँ वर्षको उत्सव बनाउन भेला ।
नयाँ वर्षको अवसरमा ब्राजिलको कोपबाबा बीच किनारमा एक महिला बच्चासँग रमाउँदैं ।

 

Logo