नयाँ वर्ष मनाईरहँदा रुसमा भयानक विष्फोट, कम्तिमा ४ को मृत्यु

नयाँ वर्ष मनाईरहँदा रुसमा भयानक विष्फोट, कम्तिमा ४ को मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । रुसको माग्नितोगोर्स्क शहरको एक भवनमा विष्फोट हुँदा ४ जनाको मृत्यु भएको छ । ४० जना सम्पर्कविहीन छन् । ४८ तले भवनमा मानिसहरुले नयाँ वर्ष मनाइरहेको बेला विष्फोट भएको थियो ।

विष्फोटका कारण दुई वटा फ्ल्याट पूरै क्षतिग्रस्त भएका छन् । यो भवनमा १२० जना मानिसहरु बस्दै आएका थिए । विष्फोटका कारण ग्यास पनि चुहिएको अधिकारीले जनाएका छन् ।

भवनको भग्नावशेषबाट ५० जनालाई उद्धार गरिएको छ । घाइतेहरुलाई अस्पताल पठाइएको छ । अझै केही व्यक्तिहरु भग्नावशेषमा पुरिएको अनुमान छ ।

उद्धारमा ढिलाइ भएमा मानवीय क्षति बढ्न सक्ने आशंका गरिएको छ । किनभने रुसको यो क्षेत्रमा न्यूनतम तापक्रम माइनस १७ डिग्री सेल्सियस छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घटनास्थलको निरीक्षण गरेका छन् ।

Logo