एजेन्सी । चीन आधुनिक प्रविधिमा सबैभन्दा अगाडि छ । विज्ञान प्रविधिको नयाँ नयाँ आविस्कारले गर्दा संसारको ध्यान तान्दैं आएको छ । यतिबेला फेरि अर्को चर्चा पाएको छ । चीनको ताईयुआन शहरमा तीन तलाको हाईवे पुल बनेको छ ।

यो पूल १ हजार ३ सय ७० मिटर उचाईमा रहेको तियानलोंगे पहाडमा बनाईएको छ । पहाडमा गोलो पारामा बनाईएको उक्त पुलको लम्बाई ३० किलोमिटर र उचाई ३ सय ५० मिटर रहेको छ ।

यो पुल निर्माणमा ७ हजार टन स्टील प्रयोग गरिएको छ । यसको निर्माण पुरा भईसकेको छ । चाँडो भन्दा चाँडो यो पुल प्रयोगमा आउने चिनियाँ अधिकारीहरुले जनाएका छन् । यसको परीक्षण भने सम्पन्न भईसकेको छ । यो चिनियाँहरुको नयाँ सेल्फी पोईन्ट बनेको छ ।





























प्रतिक्रिया