बंगलादेशको प्रधानमन्त्रीमा शेख हसिना वाजिदले ह्याट्रिक गरेका छन् ।
आइतबार सम्पन्न संसदीय निर्वाचनमा उनको पार्टी अवामी लिगले ३ सय ५० सिटमध्ये २ सय ८१ सिटमा विजय हासिल गरेर तेश्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । हसिनाको पार्टी अवामी लिग सन् २००८ देखि नै बंगलादेशको सत्तामा छ ।
निर्वाचनमा सत्तारुढ अवामी लिगका तर्फबाट हसिना र प्रतिपक्षी बंगलादेश नेश्नलिस्ट पार्टीबाट पूर्वप्रधानमन्त्री खालिदा जियाले प्रधानमन्त्रीमा उम्मेद्वारी दिएका थिए ।
निर्वाचनमा प्रतिपक्षी दल बंगलादेश नेश्नलिस्ट पार्टीले सात सिट मात्र जितेकाे छ।
मुस्लिम धर्मावलम्बी बाहुल्य रहेकाे बंगलादेशमा मुलुकभरका ४० हजार १ सय ९९ मतदान केन्द्रमा १० करोड जना मतदानमा सहभागी भएको बीबीसीले जनाएको छ।
आइतबार निर्वाचनका क्रममा झडपमा हुँदा १७ जनाको मृत्यु भएको थियो । यदपि प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनल पार्टी (बीएनपी)ले भने चुनावी परिणाम अस्वीकार गरेको छ ।





























प्रतिक्रिया