सुडानमा मूल्यवृद्धिको विरोध प्रदर्शनका क्रममा १९ जनाको मृत्यु

सुडानमा मूल्यवृद्धिको विरोध प्रदर्शनका क्रममा १९ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

खार्तुम । सुडानमा खाद्य र इन्धनको चर्को मूल्यवृद्धि भएको विरोधमा भएको प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएको छ । प्रदर्शनका क्रममा दुई सय १९ जना घाइते भएका छन्।

प्रदर्शन नियन्त्रण गर्ने क्रममा एक सय ८७ जना सशस्त्र प्रहरी घाइते भएको सुडानका सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता बुसारा गुम्मा आरोले जानकारी दिए । उत्तर अफ्रिकी राष्ट्र सुडानमा मूल्य वृद्धिको विरोधमा गत सातादेखि नै प्रदर्शन भइरहेका छन्।

गत साता सुडानको राजधानी सहर खार्तुममा प्रदर्शनकारीले नेसनल कङ्ग्रेस पार्टी (एनसीपी) को मुख्यालयमा आगजनी गरेपछि कफ्र्यु समेत लगाइएको थियो। प्रदर्शनकारीले राष्ट्रपति ओमार अल–बासिरको राजीनामा मागेका छन्।

सुडान सरकारले पाउरोटीको मूल्यमा वृद्धि गरी एक सुडानी पाउन्डबाट तीन पाउन्ड बनाएको छ। साथै, इन्धनको मूल्यमा पनि दोब्बर वृद्धि गरिएको छ। रासस

Logo