एजेन्सी । पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अलि जर्दारीलाई विदेश भ्रमणमा प्रतिवन्ध लागेको छ । भ्रष्टाचारको अभियोग लागेका जर्दारीलाई सरकारले देश छाडेर बाहिर जान प्रतिबन्ध लगाएको हो ।
सूचना मन्त्री फवाड चौधरीले एक सुचना प्रकाशित गर्दै मुद्रा अपचलनसम्वन्धी एउटा मुद्दामा जर्दारी, उनकी बहिनी फर्याल तालपुरसहित १७२ जनालाई विदेश जानमा प्रतिबन्ध लगाएको हो ।
उनीहरुमाथि पाकिस्तान सरकारले अनुसन्धान गरिरहेको छ । उनीहरूलाई मुद्रा अपचलनका लागि नक्कली बैंक खाता बनाएको आरोप समेत लागेको छ ।
जर्दारी सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपति बनेका थिए । उनी हाल प्रमुख विपक्षी दल पाकिस्तान पिपल्स पार्टीका उपाध्यक्ष छन् ।





























प्रतिक्रिया