काठमाडौं । विभिन्न कारणले राष्ट्रपतिलाई बदनाम गराईएको प्रत्ति राष्ट्रपति विद्यादेवी भण्डारीले असन्तुष्टि जनाउँदैं आएकी छन् । १४ करोडको गाडि, डेढ अर्बको हेलिकोप्टर जस्ता प्रकरणले चर्चामा रहेको राष्ट्रपति कार्यालय फेरि चुकेको छ । बुधबार राष्ट्रपतिका नाममा निकालिएको एक समवेदनाका कारण चुकेको हो ।
“राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार इन्डोनेसियाको बान्टेन र लामपुङ क्षेत्रमा आएको सुनामीको कारण कयौंको ज्यान गएकोमा इन्डोनेसियाको राष्ट्रपतिलाई एक बधाई सन्देश पठाउनु भएको छ,” परराष्ट्र मन्त्रालयले एकसाथ सयौं नेपाली र विदेशी सञ्चार माध्यममा कार्यरत पत्रकारहरुलाई इमेल मार्फत पठाइएको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिको पहिलो अनुच्छेदमा इन्डोनेसियाको राष्ट्रपतिलाई इन्डोनेसियाका कयौं नागरिकको मृत्यु भएकोमा बधाई दिइएको भएपनि दोस्रो अनुच्छेदमा भने दुःख व्यक्त गरिएको छ ।
“सन्देशमा राष्ट्रपतिले कयौंको ज्यान गएकोमा नेपाल सरकार र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो दुःख व्यक्त गर्नु भएको छ,” विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा जारी उद्धार कार्यमा सफलता मिलोस् भन्ने कामना पनि गरिएको छ ।
त्यस्तै गल्ती सच्याईएर अर्को विज्ञप्ती जारी गरिएको छ । इन्डोनेसियामा शनिबार आएको सुनामीका कारण बुधबारसम्म ४२० जनाभन्दा बढीको ज्यान गइसकेको छ । उद्धार कार्य जारी छ ।





























प्रतिक्रिया