अमेरिकामा २ हप्तामा चौथो पटक विमान दुर्घटना, एक जनाको मृत्यु

अमेरिकामा २ हप्तामा चौथो पटक विमान दुर्घटना, एक जनाको मृत्यु

केन्द्रबिन्दु
39
Shares

एजेन्सी । अमेरिकाको एरिजोनास्थित स्कट्सडेल विमानस्थलमा दुई निजी विमान एकापसमा ठोकिएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा कम्तीमा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। उड्डयन योजना र आउटरिच संयोजक केली कुएस्टरका अनुसार स्कट्सडेल विमानस्थलमा एउटा मध्यम आकारको व्यावसायिक जेट धावनमार्गबाट ​​बाहिर निस्केर पार्किङमा रहेको एउटा निजी जेटसँग ठोकिएको थियो ।

स्कट्सडेल अग्नि नियन्त्रण विभागका क्याप्टेन डेभ फोलियोले दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको बताए। चार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

अमेरिकामा २ हप्ताभित्र यो चौथोपटक विमान दुर्घटना भएको हो। गत जनवरी २९ मा मात्र वासिङ्टन डिसीमा अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर र यात्रुवाहक विमानसँग आकासमै ठोकिँदा ६७ जनाको मृत्यु भएको थियो। यसको दुई दिनपछि फिलाडेल्फियामा उडान भरेको केही समयपछि मेडिकल विमान खस्दा ७ जनाको मृत्यु भयो भने कम्तीमा २४ जना घाइते भए।

यस्तै गत हप्ता अलास्कामा एउटा सानो यात्रुवाहक विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भयो।

Logo