भारतद्वारा परमाणु क्षेप्यास्त्र अग्नी-चौथोको परीक्षण

भारतद्वारा परमाणु क्षेप्यास्त्र अग्नी-चौथोको परीक्षण

केन्द्रबिन्दु
0
Shares

नयाँदिल्ली

भारतले सफलतापुर्वक नयाँ परमाणु क्षेप्यास्त्र परीक्षण गरेको जनाएको छ ।

अग्नी–चार नाम दिइएको सो क्षेप्यास्त्र चार हजार किलोमिटर टाढासम्म प्रहार गर्न सकिने क्षमताको रहेको आइतबार जानकारी दिइएको छ ।

क्षेप्यास्त्र परिक्षण भने २० मिटर टाढा र झण्डै १७ टन भारमा गरिएको अधिकारीहरुले बताएका छन् । अग्नी–चार क्षेप्यास्त्रको यो सातौ परिक्षण हो ।

आफ्नो उद्देश्यमा सफल हुने पुष्टी भएकाले यसको परिक्षण पूर्ण रुपमा सफल भएको जानकारी दिइएको छ । भारतीय सेनाले क्षेप्यास्त्रको परिक्षण गरेको हो । भारतमा यसअघि अग्नी-एक, अग्नी-दुई, अग्नी-तीन र पृथ्वी परीक्षण गरिसकिएको छ ।
रासस/एएफपी

Logo