सुडानमा १५ हजार बालबालिका ‘बेपत्ता’, ४० लाख मानिस विस्थापित

सुडानमा १५ हजार बालबालिका ‘बेपत्ता’, ४० लाख मानिस विस्थापित

केन्द्रबिन्दु
0
Shares

जुबा । सुडानमा द्वन्द्वका कारण अविभावक विहिन भएका र बेपत्ता भएका बालबालिकाहरुको सङ्ख्या १५ हजार नाघेको छ ।

संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले सार्वजनिक गरेको तथ्यांक अनुसार गत पाँच वर्षको अवधिमा ती बालबालिकाहरु आफ्ना आमाबुवा तथा पारिवारिक सदस्यहरुबाट छुटेको तथा वेपत्ता भएका हुन् ।

द्वन्द्वका कारण अरु चालिस लाख मानिस विस्थापित भएका छन्, जसमध्ये अधिकांश बालबालिका रहेको जनाइएको छ ।

विस्थापित भएका, बाबु आमाबाट छुट्टिएका र बेपत्ता भएका बालबालिकाहरु बलात्कार र अन्य विभिन्न हिंसाबाट पिडित हुने गरेको पनि युनिसेफले जनाएको छ । रासस/सिन्ह्वा

Logo