बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टको प्रेम सम्बन्धले अहिले भारतीय मिडियामा तहल्का मचाएको छ । उनीहरुको प्रेमको चर्चा चल्ने गरे पनि उनीहरुले भने आफूहरु बीचको प्रेम सम्बन्धको बारेमा खुलेर कुरा गरेका छैनन् ।
तर हालै आलियाको बुवा महेश भट्टले आलिया र रणवीरको सम्बन्धको बारेमा खुलेर कुरा गरेका छन् । महेश भट्ट भन्छन्, ‘आलिया र रणवीर दुबै एकअर्कालाई प्रेम गर्छन् । यसमा मेरो कुनै आपत्ति छैन् । किनकि रणवीर एक असल व्यक्ति हो र मलाई उनी निकै मनपर्छ । अब उनीहरुले आफ्नो सम्बन्धलाई कसरी अगाडि बढाउने भनेर निर्णय लिने समय आएको छ ।’
रणवीर र आलिया अहिले फिल्म ‘ब्रहमास्त्र’ को सुटिङमा व्यस्त छन् । यहि फिल्मको सुटिङका क्रममा उनीहरु एकअर्कासँग नजिकिएको भन्ने अड्कलबाजी चल्न थालेको छ । भारतीय मिडियामा उल्लेख गरिए अनुसार उनीहरुको विवाह ऋषि कपुर न्युयोर्कबाट फर्किएपछि हुनसक्ने बताइएको छ ।





























प्रतिक्रिया