विपक्षीको -यालीमा झडप, दुईको मृत्यु

विपक्षीको -यालीमा झडप, दुईको मृत्यु

केन्द्रबिन्दु
0
Shares

लोकतान्त्रिक गणतन्त्र कङ्गोमा विपक्षीले निकालेको -यालीमा भएको झडपमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ ।

बुधबारको -यालीमा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको र अरू कैयौँ घाइते भएको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।

आसन्न राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा निकालिएको -यालीमा सहभागीहरूले वर्तमान सरकारको विपक्षमा प्रदर्शन गरेकाले प्रहरीले हस्तक्षेप गरेको बताइएको छ ।

विपक्षीको तर्फबाट राष्ट्रपति पदमा उम्मेदवार रहेका मार्टिन फयुलासमेत सहभागी भई कालेमाइमा निकालिएको -यालीमा प्रहरीले हस्तक्षेप गरेको हो ।

लोकतान्त्रिक गणतन्त्र कङ्गोमा आउँदो डिसेम्बर २३ तारिखका दिन निर्वाचन हुने तय भएकाले चुनावी प्रचारप्रसार तीव्र भएसँगै कतिपय हिंसात्मक घटना पनि भएका छन्

Logo