मुकेश अम्बानीकी छोरीको बिहेमा १५ अर्ब खर्च, १ सय हेलिकोप्टर चार्टर

मुकेश अम्बानीकी छोरीको बिहेमा १५ अर्ब खर्च, १ सय हेलिकोप्टर चार्टर

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । भारतीय अर्बपति मुकेश अम्बानीको छोरीको विवाह बुधबार हुदैंछ । मुकेश अम्बानी र निता अम्बानीकी छोरी इशाको विवाह पिरामल ग्रुपका मालिक अलय पिरामकलका छोरा आनन्दसँग हुन लागेको हो ।

विवाहमा अमेरिकी नेता हिलारी क्लिन्टनदेखि गायिका बियोन्सेसम्म सहभागी भएका छन् । यो बिहे भारतमा मात्र होइन अमेरिका, युरोप लगायतका देशमा पनि चर्चा भइरहेको छ।

एसियाकै धनाढ्य मुकेशले छोरीको बिहेमा तीन लाख भारु पर्ने कार्ड बाँडेका थिए । अब हुने खर्चले इशा-आनन्दको बिहे संसारकै महँगो बिहे हुन सक्नेछ।

ईशा–आनन्दको विवाहपूर्वको पार्टीमा सहभागी हुन अमेरिकी गायिका बियोन्से

अखबार ब्लुमवर्गलाई उद्धृत गर्दै टाइम डटकमले लेखेको छ, ‘भारतमा हुने यो बिहे विश्वकै महँगो बिहे हुने सम्भावना छ। यति धेरै खर्चिएको बिहेले ‘क्रेजी ररिच एसियन’ लाई समेत मात दिने देखिएको छ।’

ब्लुमवर्गले अम्बानी परिवारको बिहेको तामझाम फिल्मको कथाभन्दा बढी देखिएको बताएको हो। तेल र दूरसञ्चार कारोबारी मुकेशले छोरीको बिहेमा झण्डै १५ अर्ब नेपाली रुपैयाँ खर्चिने बताईएको छ ।

यो जस्तै महँगो बिहे स‌ंसारमा ३७ वर्ष अगाडि बेलायतका राजकुमार चार्ल्स र राजकुमारी डायनाको भएको थियो । त्यो बिहेमा झण्डै ११ करोड डलर खर्च भएको थियो ।

मुकेशको बिहेमा आउने पाहुनाका लागि ५ वटा पाँचतारे होटल बुकिङ गरिएको छ । उदयपुर विमानस्थलबाट बिहे स्थानसम्म जानै पाहुनाहरूले हेलिकप्टर चढ्नेछन् । कम्तीमा पनि साता दिनसम्म चल्ने यो बिहेका पाहुनाका निम्ति एक सय वटा हेलिकप्टर चार्टर गरिएको छ।

बिहेको मुख्य कार्यक्रम अम्बानीकै घर ‘एन्टिलिया’ मा हुँदैछ। २७ तले यो घर विश्वकै महँगो घरमध्ये पर्छ। अर्को रोचक कुरो के छ भने अम्बानी परिवारमा यो पहिलो बिहे हो।

Logo