भारतका पाँच राज्यको चुनावी नतिजा आज

भारतका पाँच राज्यको चुनावी नतिजा आज

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । भारतका पाँच राज्यमा भएको विधानसभा चुनावको नतिजा आज सार्वजनिक हुँदैछ । मध्य प्रदेश, राजस्थान, छत्तिसगढ, तेलंगना र मिजोरम राज्यको चुनावको नतिजा सार्वजनिक हुन लागेको हो । यी पाँच राज्यहरुलाई ‘मिनी इण्डिया’ अर्थात ‘सानो भारत’ नामले पनि चिनिन्छ ।

पूर्व मत सर्वेक्षणका अनुसार मध्यप्रदेश र छत्तिसगढमा सत्तारुढ भाजपा र कांग्रेस आईबीच कडा टक्कर हुने बताइन्छ । राजस्थानमा कांग्रेस अगाडि देखिन्छ । यसैगरी तेलंगनामा मुख्यमन्त्री चन्द्रशेखर रावको नेतृत्वमा सत्तारुढ टीआरएसको पुनरागमनको सम्भावना देखिएको आंकलन छ ।

भाजपाले सबै २३० सिटमा आफ्ना उम्मेदवार उतारेको छ । विपक्षी कांग्रेसका भने २२९ सिटमा उम्मेदवार छन् । कांग्रेसले एक सिट भने आफ्नो सहयोगी शरद यादवको लोकतान्त्रिक जनता दलको लागि छाडेको छ ।

आम आदमी पार्टी (आप) ले २०८ सिटमा चुनाव लडेको छ । बहुजन समाज पार्टी (बसपा) २२७, शिवसेनो ८१ र समाजवादी पार्टी (सपा) ५२ सिटमा चुनाव लडेका छन् ।

Logo