काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली बन्धकहरूको रिहाइको विषयमा हमासलाई कडा चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फ सबै बन्धकलाई तत्काल रिहा नगरे हमासका कुनै पनि सदस्य सुरक्षित नरहने चेतावनी दिएका हुन् ।
‘म इजरायललाई काम सम्पन्न गर्न आवश्यक पर्ने सबै कुरा पठाउँदै छु । यदि हमासले मेरो कुरा मानेनन् भने उनीहरूका एकजना पनि सदस्य सुरक्षित हुने छैनन्,’ ट्रम्पले ट्रुथमा लेखेका छन् ।
‘यदि बन्धकहरूलाई रिहा गरिएन भने हमासले ठूलो मूल्य चुकाउनेछ,’ उनले भनेका छन् , ‘त्यसैले सबै बन्धकलाई अहिले नै रिहा गर, पछि होइन । तिमीहरूले हत्या गरेकाहरूको शव तुरुन्तै फिर्ता गर, नत्र राम्रो हुने छैन ।’ यो तिमीहरूलाई अन्तिम चेतावनी हो । हमास नेतृत्वले गाजा छोड्ने समय आएको छ, यो बुझ्नु ।’
ट्रम्पको यो चेतावनी ह्वाइट हाउसमा हालै युद्धविरामअन्तर्गत रिहा गरिएका इजरायली बन्धकहरूको समूहलाई भेटेपछि आएको हो ।





























प्रतिक्रिया