कम्बोडियाका प्रधानमन्त्री स्वदेश फिर्ता

कम्बोडियाका प्रधानमन्त्री स्वदेश फिर्ता

केन्द्रबिन्दु
0
Shares

एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिएर कम्बोडियाका प्रधानमन्त्री हुन सेन आज स्वदेश फर्किएका छन् ।

उनलाई उपप्रधानमन्त्री ईश्वर पोखरेल र कानून, न्याय तथा संसदीय मामिला व्यवस्थामन्त्री भानुभक्त ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरे । सम्मेलनका सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री सेन यही मङ्सिर १३ गते काठमाडौँ आएका थिए । आजदेखि शुरु भएको सम्मेलन मङ्सिर १७ गतेसम्म चल्नेछ । रासस

Logo