अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई आइतबार उपलब्ध खसोग्गीको हत्यामा दिइएको चरम यातनाको श्रव्यसामग्रीबारे आफुले जानकारी लिएको तर आफुले उक्त सामग्री सुन्नै नसक्ने बताएका छन् । "/>

पत्रकार खसोग्गीको दुःखबारे सुन्न सक्दिन भन्दै ट्रम्पले…..

पत्रकार खसोग्गीको दुःखबारे सुन्न सक्दिन भन्दै ट्रम्पले…..

केन्द्रबिन्दु
0
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई आइतबार उपलब्ध खसोग्गीको हत्यामा दिइएको चरम यातनाको श्रव्यसामग्रीबारे आफुले जानकारी लिएको तर आफुले उक्त सामग्री सुन्नै नसक्ने बताएका छन् ।

यो कसैलाई यातना दिइएको टेप गरिएको श्रब्य सामग्री हो । यो कठोर क्रियाकलापको प्रत्यक्ष प्रमाण भएकोले यसलाई एक मानवका नाताले आफूले सुन्नै कठीन मानेको राष्ट्रपति ट्रम्पले अमेरिकी समाचार संस्था ‘फक्स न्यूज’ले आइतबार लिएको अन्तवार्तामा बताएका छन् ।

श्रव्य सामग्रीमा भएका शब्दहरू निकै कठोर, हिंस्रक, क्रुर र भयङ्करका भएको उनको कथन थियो । आफुलाई सुनाउन खोजिएपनि उक्त सामग्री पूरा सुन्न नसकेको उनले प्रष्ट पारे । रासस

Logo