भारतको वजीराबादको यमुना नदीमा आठ लेनको ‘सिग्नेचर’ पुल निर्माण भएको छ ।

उत्तर पूर्वी दिल्ली, गाजीयाबाद र दिल्ली बाहिरको अन्य ठाउँ जोड्ने यो पुल ५ सय ७५ मिटर लामो छ । "/>

भारतले बनायो सेन्सरयुक्त ‘सिग्नेचर’ पुल

भारतले बनायो सेन्सरयुक्त ‘सिग्नेचर’ पुल

केन्द्रबिन्दु
0
Shares

भारतको वजीराबादको यमुना नदीमा आठ लेनको ‘सिग्नेचर’ पुल निर्माण भएको छ ।

उत्तर पूर्वी दिल्ली, गाजीयाबाद र दिल्ली बाहिरको अन्य ठाउँ जोड्ने यो पुल ५ सय ७५ मिटर लामो छ । यो पुल निर्माणले ट्राफिक जाम कम गर्ने भारतीय सञ्चारमाध्यले जनाएको छ । यो पुलको मर्मतको लागि ‘ब्रिज हेल्थ मनिटरिङ सिस्टम’ तयार पारिएको छ । यो पुलको सफाई युरोपबाट आएको हाईटेक मेशिनले गर्नेछ ।

‘ब्रिज हेल्थ मनिटरिङ सिस्टम’ अन्तर्गत पुलमा १ सय ४ सेन्सर लगाएको छ । यस मध्ये १० वटा पुलको केवलमा र ५ वटा सेन्सर फाउन्डेशनमा जडान गरिएको छ । ब्रिजको अन्य भागमा पनि सेन्सर लगाएको छ ।

यो सेन्सरले पुलको हरेक भागलाई २४ घण्टा निगरानी गर्नेछ । पुलमा कहीँकतै क्षति देखियो भने सेन्सरले यसको जानकारी तुरुन्त दिनेछ । पुलको सबै सेन्सरलाई एउटा ‘कन्ट्रोल रुम’मा जोडिएको छ । कन्ट्रोल रुममा २४ सै घण्टा पुलको ‘मनिटरिङ’ हुनेछ ।

सन् १९९८ मा यमुना नदीमा बस खसेर २२ जना विद्यार्थीले ज्यान गुमाएका थिए । यो घटनापछि भारत सरकारले यस्तो सिग्नेचर ब्रिज निर्माण गर्न निर्णय गरेको थियो ।
यो पुलको उचाई १ सय ५४ मिटर रहेको छ भने ३५.२ मिटर चौडाई रहेको छ । यो पुल भारतीय एक हजार ५ सय १८ करोड रुपैंयाको लगानीमा निर्माण भएको हो ।

Logo