भारत र पाकिस्तान तत्काल युद्धविराममा सहमत भएकाे ट्रम्पकाे घोषणा, दिए बधाई !

भारत र पाकिस्तान तत्काल युद्धविराममा सहमत भएकाे ट्रम्पकाे घोषणा, दिए बधाई !

केन्द्रबिन्दु
252
Shares

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएको घोषणा गरेका छन्।

दुई आणविक शक्ति राष्ट्रहरूबीच हालैका दिनमा भएको झडपले ठूलो तनाव बढ्ने चिन्ता बढाएको थियो। तर, शनिबार ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा भनेका छन्, “संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा लामो रातको वार्तापछि, म यो घोषणा गर्न पाउँदा खुसी छु कि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएका छन्। दुवै देशलाई सामान्य बुद्धि र महान बुद्धिमत्ता प्रयोग गरेकोमा बधाई छ।”

राष्ट्रपति ट्रम्पले बुधबार भारत र पाकिस्तानबीचको झडप चाँडै अन्त्य हुने आशा व्यक्त गर्दै दुवै पक्षलाई मध्यस्थता गर्न सहयोग गर्ने प्रस्ताव गरेका थिए।  

Logo