एजेन्सी । पाकिस्तानमा भारतीय चलचित्र र टेलिभिजनलाई प्रतिबन्ध लगाईएको छ । सर्वोच्च अदालतले लाहौर उच्च न्यायालयको आदेश खारेज गर्दै स्थानीय टिभी च्यानलमा भारतीय कार्यक्रमम प्रसारणमाथि प्रतिबन्ध लगाएको हो । सर्वोच्चले यसअघि पनि प्रतिबन्धको आदेश जारी गरेको थियो ।
मुख्य न्यायाधीश साकिब निसारले यूनाइटेड प्रोड्यूसर्स एसोसिएशनद्वारा सर्वोच्च अदालत कराची रजिस्ट्रीमा स्थानीय टिभी च्यानलमा विदेशी कार्यक्रम देखाउने सम्बन्धी एक रिटमा आफ्नो आदेश दिएका हुन् ।
उनले भारतीय कार्यक्रम प्रसारण बन्द गर्ने आदेश दिँदै भनेका छन्, ‘उनीहरू हाम्रो संविधानको उल्लंघन गर्न र गराउन चाहन्छन्। के हामी उनीहरूका टिभी च्यानलमा प्रतिबन्धसम्म लगाउन सक्दैनौँ ?’
न्यायाधीशले सम्बन्धित अधिकारीहरूले केबल पाकिस्तानको संविधानले मञ्जुर दिने सामाग्री मात्रै प्रसारण गर्न आदेश दिएका छन् । पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी (पेम्रा) ले सन् २०१६ मा स्थानीय टिभी र एफएम रेडियो च्यानलमा भारतीय कार्यक्रमको प्रसारणमा पूर्ण प्रतिबन्ध लगाउने आदेश दिएको थियो ।
यस आदेशलार्इ भारतीय मनोरञ्जन उद्योगद्वारा पाकिस्तानी कार्यक्रम र कलाकारमाथि प्रतिबन्ध लगाउने आदेशको जवाफका रूपमा लिइएको थियो । त्यसपछि सन् २०१७ मा लाहौर उच्च न्यायालयले पेम्राद्वारा लगाएको प्रतिबन्धलार्इ अर्थहीन र निर्थक बताउँदै हटाइदिएको थियो ।





























प्रतिक्रिया