पूर्वअमेरिकी राष्ट्रपति बाइडेनलाई प्रोस्टेट क्यान्सर

पूर्वअमेरिकी राष्ट्रपति बाइडेनलाई प्रोस्टेट क्यान्सर

केन्द्रबिन्दु
54
Shares

काठमाडाैं । पूर्वअमेरिकी राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको छ ।

बाइडेनले जनवरीमा राष्ट्रपति पदबाट राजीनामा दिएका थिए। गत हप्ता मूत्र सम्बन्धी समस्या देखिएपछि डाक्टरलाई देखाउँदा शुक्रबार उनलाई क्यान्सर भएको पत्ता लागेको हो। यो क्यान्सर ८२ वर्षिय बाइडेनकाे हड्डीसम्म फैलिएको उनको कार्यालयले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ।

यो क्यान्सर रोगको थप आक्रामक रूप हो, जसलाई ग्लेसन स्कोर १० मा ९ ले चित्रण गरिएको छ । यसको मतलब उनको रोग “उच्च-ग्रेड” को रूपमा वर्गीकृत गरिएको छ र क्यान्सरका कोषहरू चाँडै फैलिन सक्ने क्यान्सर रिसर्च यूकेले जनाएको छ।

बाइडेन र उनको परिवारले उपचारका विकल्पहरू समीक्षा गरिरहेको बताइएको छ। पूर्व राष्ट्रपतिको कार्यालयले क्यान्सर हार्मोन-संवेदनशील भएको र यसलाई व्यवस्थापन गर्न सकिने सम्भावना रहेको थपेको छ।

Skip This
Skip This
Logo