काठमाडौं

नेपाली व्यवसायीक पत्रकारिताका धरोहर हेमराज ज्ञवालीको निधन भएको छ । ७९ वर्षीय ज्ञवालीको गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको हो । "/>

वरिष्ठ पत्रकार हेमराज ज्ञवाली रहेनन्

वरिष्ठ पत्रकार हेमराज ज्ञवाली रहेनन्


काठमाडौं

नेपाली व्यवसायीक पत्रकारिताका धरोहर हेमराज ज्ञवालीको निधन भएको छ । ७९ वर्षीय ज्ञवालीको गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको हो । चिकित्सकका अनुसार उनलाई माइल्ड अट्याक भएको थियो ।

ज्ञवाली नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष हुन् । कान्तिपुर प्रकाशनको सुरुवाती चरणदेखि उनी अध्यक्षको रुपमा थिए । उनी सरकारी सेवाको उच्च तहबाट निवृत हुन् । ज्ञवालीे नेपाली समाज, साहित्य, संस्कृति र पूर्वीय दर्शनका गहन अध्येता हुन् ।

निजी क्षेत्रबाट पत्रकारिताको विकासमा उनको विशेष योगदान रहेको छ । उनले २०४६ सालको जनआन्दोलन पछि पत्रिका प्रकाशनलाई व्यवसायीकता दिन विशेष योगदान दिएका थिए । ज्ञवालीको वि.स. १९९५ चैत्र रामनवमीमा गुल्मीमा जन्म भएको थियो । उनका श्रीमती र तीन छोरा छन् ।
नागरिकबाट

Logo