लण्डन । बङ्गलादेशका अन्तरिम नेता मोहम्मद युनुसले आफूले बङ्गलादेशमा निर्बाचन गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताएका छन् ।
उनी आगामी अप्रिलमा निर्वाचन गर्ने घोषणा गरेको र निर्वाचनपछि सत्तामा रहिरहने कुनै उपाय आफूलाई बताएका हुन् ।
करिब १७ करोड जनसङ्ख्या रहेको बङ्गलादेशमा विद्यार्थी नेतृत्वको विद्रोहका कारण सन् २०२४ को अगष्टमा तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई पदच्युत गरी १५ वर्ष लामो शासन अन्त्य भएको थियो ।
युनुस स्वयंले कुनै राजनीतिक पद खोजिरहेका छन् कि भनेर सोधिएको प्रश्नमा ८४ वर्षीय नोबेल शान्ति पुरस्कार विजेता युनुसले निर्वाचनपछि सत्तामा रहिरहन ‘कुनै चाहना नभएको’ बताए ।
उनले भने, “मलाई लाग्छ, म मात्र होइन, हाम्रो क्याबिनेटका कुनै पनि सदस्यले त्यसो गर्न चाहँदैनन् ।”
लण्डनको विदेश नीति थिङ्क ट्याङ्क चाथम हाउस, रोयल इन्स्टिच्युट अफ इन्टरनेसनल अफेयर्समा मङ्गलबार साँझ बोल्दै युनुसले उक्त कुरा बताएका हुन् । उनले हसिनालाई सत्ताच्युत गर्ने प्रदर्शन सुरु भएको एक वर्षपछि अर्को महिना ‘जुलाई चार्टर’ भनिने प्रस्तावको ‘ठूलो प्याकेज’ सार्वजनिक गर्न चाहेको पनि बताए ।
उनले यो प्याकेजको उद्देश्य हसिनाको कार्यकालपछि लोकतान्त्रिक संस्थाहरूमा आमूल परिवर्तन गर्नु रहेको बताए । ‘हामी नयाँ बङ्गलादेश बनाउन चाहन्छौं,” युनुसले भने ।
उनले भने, “राजनीतिक दलसँग कुरा गरेर सरकारकोे ‘सहमति आयोग’ले यो बडापत्र तयार गरिरहेको छ।”





























प्रतिक्रिया