एजेन्सी । अमेरिकाले भारतलाई कारवाही गर्ने धम्की दिएको छ । रुसबाट एस-४०० एयर डिफेन्स मिसाइल प्रणाली खरिद गर्न तयार रहेको भारतलाई यसैविषयमा अमेरिकाले धम्की दिएको हो ।
रुससँग उक्त सिस्टम खरिद गर्ने प्रसंगलाई लक्षित गर्दै ट्रम्प प्रशासनले चेतावनीको भाषामा भनेको छ, ‘यदि यस्तो कामलाई भारतले निरन्तरता दियो भने कारवाही हुनसक्छ ।’
रुसमाथि व्यापारिक प्रतिबन्ध लगाउँदै आएको अमेरिकाले आफ्नो ब्यापारिक साझेदार मुलुक भारतले रुससँग अति महंगा वस्तु खरिद गर्ने निर्णय गरेपछि भारतमाथि समेत प्रतिबन्धको चेतावनी दिएको हो ।
ट्रम्प प्रशासनले दिएको भारतलाई दिएको चेतावनीलाई केही विज्ञले उसको अर्को कारवाहीका रुपमा पनि ब्याख्या गरेका छन् । त्यसो त, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समयअघि मात्रै भारतलाई लक्षित गर्दै भनेका थिए, ‘हामीले भारतसँग केही पाइराखेका छैनौँ ।’































प्रतिक्रिया