काठमाडौं । शिक्षा मन्त्रालयअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (पनिका) खारेज भएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार १९९० देखि विद्यालय तहको अन्तिम परीक्षा (एसएलसी) सञ्चालन गर्दै आएको पनिका खारेज भएको हो । "/>

परीक्षा नियन्त्रण कार्यालय खारेज, अब सबै काम परीक्षा बोर्डबाट

परीक्षा नियन्त्रण कार्यालय खारेज, अब सबै काम परीक्षा बोर्डबाट


काठमाडौं । शिक्षा मन्त्रालयअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (पनिका) खारेज भएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार १९९० देखि विद्यालय तहको अन्तिम परीक्षा (एसएलसी) सञ्चालन गर्दै आएको पनिका खारेज भएको हो । ८५ वर्षको इतिहास बोकेको पनिका खारेज भएपछि अब त्यसले गर्दै आएका काम कारबाही राष्ट्रिय परीक्षा बोर्डबाट हुनेछन् ।

ऐनको नवौँ संशोधनले कक्षा १२ सम्मलाई विद्यालय तह बनाएको छ । कक्षा ८ सम्म आधारभूत र कक्षा ९–१२ सम्मलाई माध्यमिक तहमा विभाजन गरेको छ । विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ मा हुने र त्यसका लागि राष्ट्रिय परीक्षा बोर्ड गठन भई सञ्चालनमा आइसकेको छ ।

बोर्डले दिएको अख्तियारीअनुसार माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा १० को परीक्षा लिएको थियो । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले पनिका खारेज भएको पत्र आएको र उसले गरेका काम गर्न बोर्ड तयार रहेको बताए ।

 

Logo