रकेट आक्रमण हुँदा ८ जनाकाे मृत्यु

रकेट आक्रमण हुँदा ८ जनाकाे मृत्यु

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तानको राजधानीमा शनिबार भएको रकेट आक्रमणमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या आठ पुगेको छ । अफगानिस्तानको राजधानी काबुलमा आतङ्ककारी समूहले करिब २३ राउण्ड रकेट आक्रमण गरेका सरकारी अधिकारीहरूले बताएका छन् ।

प्रारम्भिक जानकारी अनुसार आक्रमणबाट आठको मृत्यु भएको र अन्य ३१ जना घाइते भएका छन् । अफगानी गृह प्रशासनले आक्रमणमा तालिवान समूहको सम्लग्नता रहेको आरोप लगाएको छ । गृहमन्त्रालयका प्रवक्ता तारिक एरियानले आक्रमण तालिवान समूहले गराएको सूचना सरकारले पाएको बताउँदै घाइते सबैलाई सरकारले उपचारको व्यवस्था गर्ने बताए ।

Logo