जेनेभा

विश्वका विभिन्न देशमा जारी द्वन्द्व, हिंसा र अत्याचारका कारण सन् २०१७ को अन्त्य सम्ममा ६ करोड ८५ लाख व्यक्ति विस्थापित भएका संयुक्त राष्ट्रसंघद्वारा हालै प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ । "/>

विश्वमा ६ करोड ८५ लाख व्यक्ति विस्थापित : संयुक्त राष्ट्रसंघ

विश्वमा ६ करोड ८५ लाख व्यक्ति विस्थापित : संयुक्त राष्ट्रसंघ

केन्द्रबिन्दु
0
Shares

जेनेभा

विश्वका विभिन्न देशमा जारी द्वन्द्व, हिंसा र अत्याचारका कारण सन् २०१७ को अन्त्य सम्ममा ६ करोड ८५ लाख व्यक्ति विस्थापित भएका संयुक्त राष्ट्रसंघद्वारा हालै प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ । यस प्रकार सर्वसाधारण आफ्नो देश या इलाकाबाट विस्थापित हुनेमा प्रायः म्यानमार र सिरियाका धेरै नागरिक रहेका छन् ।

सन् २०१७ को अन्त्य सम्ममा विश्वभरबाट विस्थापित हुने व्यक्तिको संख्या अघिल्लो वर्षको तुलनामा ३० लाखले बढेको पनि सो प्रतिवेदनमा जनाइएको छ । यसरी विस्थापित भएका व्यक्तिको गएको एक दशकयताको हिसाब गर्ने हो भने उक्त अवधिमा करिब ५० प्रतिशतले नै बृद्धि भएको पाइएको छ ।

एक दशक मात्र अघि यो सङ्ख्या चार करोड २७ लाख रहेको संयुक्त राष्ट्रसंघले प्रकाशन गरेको सो प्रतिवेदनमा जानकारी दिइएको छ । विस्थापितहरुको यो सङ्ख्या १० वटा देशको मात्र भएको जेनेभामा प्रतिवेदन प्रस्तुत गर्ने क्रममा संयुक्त राष्ट्रसंघीय उच्च शरणार्थी आयोगका आयुक्त फिलिपो ग्रान्डीले बताए ।

सिरियामा सात वर्षसम्म जारी द्वन्द्वको क्रममा ६३ लाख व्यक्ति देश छोडी विदेशमा शरणार्थी बन्न बाध्य भएका छन् । यो सङ्ख्या विश्वभर रहेका शरणार्थीहरुको तुलनामा तीन भागको एक भाग हुन आउँछ । त्यसैगरी सिरियामा अरु करिब ६२ लाख व्यक्ति सिरिया भित्र नै आन्तरिकरुपमा विस्थापित भएका छन् ।

शरणार्थी सङ्ख्याको विषयमा सन् २०१७ मा गरिएको अध्ययन अनुसार दोस्रो स्थानमा अफगानिस्तान पर्छ । अफगागिस्तानमा त्यसअघिका वर्षको तुलानामा सन् २०१७ मा शरणार्थीका रुपमा विस्थापित भएर देश छोड्न बाध्य भएका व्यक्तिको सङ्ख्या पाँच प्रतिशतले बढेको पाइएको छ ।अफगानिस्तानमा सन् २०१७ मा २६ लाख व्यक्ति आफ्नो देश छोडी शरणार्थीका रुपमा विदेशिन बाध्य भएका थिए ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई आप्रवासीको शिवीर बन्न नदिने घोषणा गरेका छन् । उनले विगतको आफ्नो नीतिको बचाउ गर्दै सो धारणा राखेका हुन् । राष्ट्रपति ट्रम्पले आप्रवासी नीतिकै कारण जर्मन आफ्ना नेताको विरोधमा उत्रिन थालेको पनि बताएको वासिङ्टनबाट प्राप्त समाचारमा जनाइएको छ ।
रासस/एएफपी

Logo