चीनमा नवप्रवर्तन उद्योग फस्टाउँदै, रोबोटिक्स रोजाइमा

चीनमा नवप्रवर्तन उद्योग फस्टाउँदै, रोबोटिक्स रोजाइमा

केन्द्रबिन्दु
9
Shares

एजेन्सी । चीनमा नवप्रवर्तन उद्योग एवम व्यवसायले उल्लेखनीय प्रगति गर्दै गएको छ ।रोबोटिक्स, फोटोनिक्स, हाइड्रोजन ऊर्जा र क्वान्टम प्रविधि क्षेत्रहरूमा चीनको केही उल्लेखनीय उपलब्धिहरूको पछाडि नवप्रवर्तन प्रेरक बनेको छ ।
बेइजिङमा रहेको मानवोइड रोबोट उद्योग भर्खरै संचालनमा आएको छ । जुन १४,००० वर्ग मिटर क्षेत्रफलमा छ । देशभरि देखा पर्दै गरेका धेरै नवनिर्मित रोबोट र प्रविधि केन्द्रहरू मध्ये सबैभन्दा ठूलो हो।


त्यस्तै उत्तरपश्चिमी चीनको शान्सी प्रान्तमा, लगभग २० कम्पनीहरू आवद्ध हुने फोटोनिक्स सेन्सिङ औद्योगिक पार्कको निर्माण लगभग पूरा भएको छ। झोङवेई शहरमा नौ डाटा सेन्टर औद्योगिक पार्कहरू स्थापना गरिएका छन्ज । जसले देशभरका ४,००० भन्दा बढी उद्यमहरूलाई क्लाउड कम्प्युटिङ सेवाहरू प्रदान गर्दछ।

पूर्वी चिनियाँ प्रान्त आन्हुईमा टेक्नोलोजी उद्यमहरूको समूह फस्टाउदै गएका छन् ।(सीसीटीभीप्लस)

Skip This
Skip This
Logo