इस्लामावाद

पाकिस्तानका गृहमन्त्री अहसान इकबालको गोली हानेर हत्याको प्रयास भएको छ । "/>

गृहमन्त्रीमाथि अज्ञात समुहद्वारा गोली प्रहार !

गृहमन्त्रीमाथि अज्ञात समुहद्वारा गोली प्रहार !

केन्द्रबिन्दु
0
Shares

इस्लामावाद

पाकिस्तानका गृहमन्त्री अहसान इकबालको गोली हानेर हत्याको प्रयास भएको छ । उनी गोली लागेर घाइते भएका छन् । पन्जाब प्रान्तको नरोवालमा पार्टीको ¥यालीमा सहभागी हुने क्रममा इकबाल माथि अज्ञात बन्दुकधारीले गोली हानेको अलजजिराले सोमबार जनाएको छ । प्रहरीका अनुसार इकबालको बायाँ हातमा गोली लागेको छ ।

घटना लगत्तै उनलाई अस्पतालमा उपचारका लागि लगिएको छ । उनी खतरामुक्त रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । गोली प्रहार गरेको आशंकामा एक जना संदिग्ध व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ । गोली हान्नुको कारण भने अझै सम्म खुलेको छैन । पाकिस्तानमा केही महिनापछि हुन गइरहेकोे चुनावलाई प्रभावित पार्ने उद्देश्यले गृहमन्त्रीलाई गोली हानिएको हुनसक्ने अनुमान राजनीतिक विश्लेषकहरुले गरेका छन् ।

पाकिस्तानका प्रधानमन्त्री साहिद खकान अब्बासीले आक्रमणको निन्दा गर्दै पन्जाब प्रहरी प्रमुखलाई तत्काल घटनाको छानबिन गर्न निर्देशन समेत दिएको बीबीसीले जनाएको छ । यस घटनाको पाकिस्तानका सम्पूर्ण राजनीतिक पार्टीले आलोचना गरेका छन् । ५९ वर्षीय अहसान इकबाल गत वर्ष पाकिस्तानको गृहमन्त्री बनेका थिए । उनी नवाज सरिफको सत्तारूढ पाकिस्तान मुस्लिम लिगका वरिष्ठ नेता हुन् ।
एजेन्सी

Logo