अमेरिकामा ज्वालामुखीपछि शक्तिशाली भूकम्प

अमेरिकामा ज्वालामुखीपछि शक्तिशाली भूकम्प

केन्द्रबिन्दु
0
Shares

अमेरिकामा ज्वालामुखी विस्फोटको दोस्रो दिन शक्तिशाली भूकम्प गएको छ । ज्वालामुखी गएको दक्षिण पूर्वी क्षेत्रमा शुक्रबार ६.९ म्याग्निच्यूडको भूकम्प गएको हो ।

अमेरिकी इतिहासमा यो सन् १९७५ पछिकै सबैभन्दा ठूलो भूकम्प हो । ३० मिटर उचाइसम्म विस्फोट भएको ज्वालामुखीका कारण धेरै घरहरु ध्वस्त भएका छन् ।

ज्वालामुखीका कारण हावामा खतरनाक सल्फर डाइअक्साड ग्यासको सतह बढे पनि प्रभावितहरुलाई सहयोग गर्न आपत्कालीन सेवाका कर्मचारी पनि उपलब्ध नहुने बताएको छ । भूकम्पसँगै ३० मिटर उचाईसम्म ज्वालामुखिका लाभा उछालिएको छ ।

त्यहाँ अहिले आपत्कालीन अवस्थाको घोषणा गरिएको छ । (एजेन्सी)

Logo