अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली प्रमुख नेता किम जोङ उनबीच हुने भेटवार्ताको मिति र स्थान टुंगो लागेको छ। शुक्रबार पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले भेटवार्ताको मिति र स्थान तय भएको खुलासा गरेका हुन्।
‘अब भेटवार्ताका लागि मिति तथा समय दुवै निश्चित भइसकेको छ।’,उनले भने । राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमलाई भेट्नुअघि दक्षिण कोरियाका राष्ट्रपति मुन जाई उनलाई भेट्ने बताइएको छ। किम जोङसँगको वार्ताका एजेन्डालगायतका विषयवस्तुमाथि छलफल गर्न राष्ट्रपति ट्रम्पले आगामी मे २२ मा ह्वाइट हाउसमा राष्ट्रपति मुनलाई स्वागत गर्नेछन्।
किम–ट्रम्पबीच हुने ऐतिहासिक वार्ता मे महिनाको अन्तिम वा जुनमा हुनसक्ने बिबिसीले लेखेको छ। स्थानका बारेमा भने राष्ट्रपति ट्रम्पले यसअघि नै ट्विट गर्दै उत्तर र दक्षिण कोरियाको संयुक्त सैन्य नियन्त्रित सीमा क्षेत्रमा बैठक बस्नसक्ने संकेत दिएका थिएका थिए । एजेन्सी





























प्रतिक्रिया