कुकुरलाई कामोत्तेजनामा ल्याएको अभियोगमा मोडललाई मुद्धा

कुकुरलाई कामोत्तेजनामा ल्याएको अभियोगमा मोडललाई मुद्धा

केन्द्रबिन्दु
0
Shares

इन्ष्टाग्राममा ग्ल्यामरस फोटो राख्न गरिएको एक फोटोसुटमा कुकुरलाई उत्तेजित बनाएको अभियोगमा एक मोडललाई कुकुर धनीले १५ लाख डलर (१५ करोड रुपैंया) क्षतिपूर्तिको माग राखेर मुद्धा दायर गरेका छन् ।

इरानी मुलकी अमेरिकन मोडल डियाना मौनिराले घरधनी टोनी टोटोनीको घर कम्पाउण्डमा फोटोसुटका लागि अनुरोध गरेकी थिईन् । डियानाको अनुरोधलाई टोनीले स्विकार गरेपछि उनी फोटोग्राफर सहित उक्त घरमा फोटोसुटका लागि गएकी थिईन् । स्विमिङ पुल समेत भएको उक्त घरमा फोटोसुट गर्ने क्रममा उनले लगाएको बिकिनी ड्रेस देखेर कुकुर उनीप्रति आकर्षित भएको थियो । यो क्रममा फोटोग्राफरले पनि कुकुरलाई पनि फोटोको फ्रेमिङमा पार्न उनी तर्फजानका लागि हौसला दिएका थिए । यो क्रममा कुकुरसंग उनी बिकिनी ड्रेसमै रमाईरहेकी थिईन् । यो क्रममा कुकुरले उनलाई माया गरेर चाट्ने, उनलाई अंगालो हाल्ने र उनीमाथी चढ्ने जस्ता ब्यवहार गरिरहेको थियो ।

घरबेटीको हेफ नाम गरेको कुकुरको उक्त कार्यलाई उनले सामान्य रुपमा लिएकी थिईन् । तर भैदियो के भने घरबेटीको नजरमा उनको बिकिनी ड्रेस देखेर हेफ कामोत्तेजना आएको र उनी माथी चढ्न गएको देखियो । यो कार्यले रुष्ट भएका घरवेटीले मोडल डियना बिरुद्ध आफ्नो घरपालुवा जनावरलाई बिकिनी ड्रेस लगाएर कामोत्तेजनामा ल्याएको अभियोगमा मुद्धा दायर गरे ।

यो अभियोगमा अहिले मोडल डियना र घरवेटी टोनी विच ठुलै विवाद परिरहेको छ । घटनाको भिडियो एक वेवसाईटले राखेपछि सामाजिक संजालमा समेत चर्चाको विषय भएको छ । टोनीले मुद्धा हालेपछि डियनाले फोटोसुटको बेला घरवेटी टोनीले सेक्सुअल ह्यारेसमेन्ट गरेको बताईन् । टोनीले हेफाको भावनामा डियनाले खेलेको कारण देखाउदैं १५ लाख डलर क्षतिपूर्ति माग गरेर मुद्धा हालेका छन् ।

Logo