ट्रिपोली
लिबियामा भएका डुङ्गा दुर्घटनामा परेका ११ व्यक्तिको शव निकाल्नुको साथै अन्य २८३ जनालाई त्यहाँको जलसेनाले जीवितै उद्धार गरेका छन् । देशको पश्चिमतिर पर्ने छट्टाछट्टै तटिय क्षेत्रहरुमा भएको दुर्घटनाबाट उनीहरुलाई उद्धार गरिएको सैन्य अधिकारीहरुले जानकारी दिएका छन् ।
“उद्धारमा खटिएको हाम्रो सैन्य टोलीले ११ जनाको शव निकालेको छ भने ८३ जनालाई जीवितै उद्धार गरेको छ, सब्रथा तट देखि आठ किलोमिटर टाढा रबरको डुङ्गा दुर्घटना भएको थियो,” जल सेनाका प्रवक्ता अयोब क्वासेमले सिन्ह्वासँग भने ।
उद्धार गरिएका सबैजना अफ्रिकी मुलुकका आप्रवासी रहेको जनाइएको छ । घटनास्थल राजधानी ट्रिपोली देखि ४५ किलोमिटर टाढा पर्दछ भने घटना स्थानीय समयानुसार दिउँसो १ बजे भएको थियो । प्रवक्ता क्वासेमले उद्धारकर्ताहरुले अर्को ठाउँबाट अरु २०० जना आप्रवासीहरुलाई पनि उद्धार गरेको जानकारी दिए । ती उद्धार गरिएका मानिस मध्ये ३८ जना बालबालिका रहेका छन् । यो घटनास्थल भने राजधानी ट्रिपोली देखि १५० किलोमिटर टाढा पर्दछ ।
रासस/सिन्ह्वा





























प्रतिक्रिया