शनिबार बिहान चीनको व्यवस्थापिका ‘नेशलन पिपुल्स कंग्रेस’ले सी जीनपिङलाई दोस्रो कार्यकालका लागि चीनको राष्ट्रपतिमा सर्वसम्मत चयन गरेको छ । सीलाई थप पाँच वर्षका लागि राष्ट्रपतिकामा निर्वाचित गरिएको हो।
सिन्हवाले दिएको खबर अनुसार सी चीनको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि सर्वसम्मत चयन भएका छन् । गत अब्टुबरमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठककले सीलाई पसन पार्टीको महासचिवमा चयन गरेको थियो ।
सन २००७ मा चिनियाँ कम्यसनिष्ट पार्टीको स्थायी समिति सदस्य बन्दै चिनियाँ नेतृत्वका रुपमा उदाएका सी २०१२ मा पार्टीको महासचिव बनेका थिए। १०१३ मा चिनियाँ राष्ट्रपति र केन्द्रीय सैन्य आयोगका अध्यक्ष बनेका सी अर्काे ५ वर्षका लागि सोही पदमा निर्वाचित भएका हुन् ।
यसै साता ‘नेशलन पिपुल्स कंग्रेस’ले एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी राष्ट्रपति बस्न नपाउने संवैधानिक व्यवस्था हटाएको थियो।





























प्रतिक्रिया